Gold
Bangad salyan

कर्णाली प्रदेशका सांसद बिष्टले छाडे माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।माओवादी संसदीय दलका प्रमुख सचेतक समेत रहेका उनले पार्टीको सदस्यता समेत नरहने गरी आज राजीनामा दिएका हुन्।

सांसद बिष्टले प्रदेश सभा सचिवालयमा इमेलमार्फत् राजीनामा दिएको बुझीएको छ। बिष्ट सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (क) बाट निर्वाचित सांसद हुन्। यद्यपि उनको राजीनामा पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छैन।सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उल्लेख गरेका छन् ।

उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफुले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए ।बिष्टसंग राजिनामा को विषयामा रंग दर्पणले बुझ्न खोज्दा भने सम्पर्क हुन सकेन।