वैदेशिक रोजगार मलेसिया गएका सल्यानका एक युवा ११ बर्ष सम्म सम्पर्क विहिन
सल्यान – वैदेशिक रोजगारमा गएका सल्यानका एक युवा ११ बर्ष सम्म सम्पर्क विहिन छन्। सल्यान खलङ्गा नगरपालिका वडा नम्बर १ का डिल्ली बहादुर रेउले २०६८ साल बैशाख महिलामा रोजगारको शिलसिलामा मलेसिया उडेका थिए।
तर अहिले सम्म उनि घर परिवारको सम्पर्कमा नआएको डिल्ली बहादुरकि भाउजु जोतिकुमारी रेउलेले रंग दर्पणलाई बताईन। घर परिवारलाई खुसिमा राख्ने उदेश्यका साथ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया उडेका उनि यतिका बर्षसम्म सम्पर्कमा नआउँदा घर परिवार सारै तनाबमा देखिन्छन।
रोजगारीमा पठाउने मेनपावर कम्पनीसंग सोधी खोजि गर्दा समेत यातिका बर्षसम्म डिल्ली बहादुर कँहा छन् भन्ने जानकारी हुन् नसकेको परिवार श्रोतले बतायो। कतिपयले भने उनि मलेसियामै तामेल केटिहरु संग विवाह गरेर बसेको हुनसक्ने आशंका गरेका छन्। जहा जस्तो अवस्थामा रहेपनि घरि परिवारको सम्पर्कमा आउन परिवारहरुले जनाएका छन्। आफन्त ९७४२५८३४९८-9742583498

