Gold
Bangad salyan

नेता पुनले काङ्ग्रेसलाई भने बढी मात लागेको छ भने सडकमा पुग्नुपर्ला

काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेपाली काङ्ग्रेसका नेताहरुलाई धेरै प्यार प्यार र पुर पुर नगर्न सुझाव दिएका छन।

माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत नहेप्न समेत चेतावनी दिएका हुन।

पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएको टिप्पणी गर्दै पुनले धेरै नै मात चडेको हो भने फेरि सडकमा पुर्याईदिने चेतावनी दिएका छन।

कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई केहिसिन यता हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन। हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं ।

सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ । काङ्ग्रेस नेताहरुले बुझ्न जरुरी छ नेता पुनले भने ।

उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई २०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिएका छन भने नेकपा एमाले केपि ओलीकै हर्कत हेर्न समेत सुझाय ।

केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्नुहोस आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने -के नबोल्नेबारे विचार गर्नुहोस।

सत्ता उन्मादले केपी केपी ओली आझ प्रतिगमनको नाइके भए । पटकपटक संसद विघटन गरे ।आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुगेको भन्दै काङ्ग्रेस नेताहरुले यहि सम्झेर बस्न पनि पुनले आग्रह गरे।

अहिले केपि ओली ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाउने हाई कार्ने र बस्ने गरेको समेत बताए । सम्बोधनका क्रममा नेता पुनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी समेच गरे ।

स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको बताए ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादनका आधारमा घोषणा गरेको पाँच उत्कृष्ट पालिकामध्ये पहिलो, तेश्रो र पाचौं माओवादी केन्द्रले नेतृत्व गरेका भएको उनले सुनाए ।

स्थानीय चुनाव नजिकिदै गर्दा नेपाली काङ्ग्रेसका नेताहरुले नेकपा माओवादी केन्द्रका नेताहरूमा विभिन्न टिकाट्प्पनि गरेपछी विवाद समेत बढ्दै गएको छ।फाइल तस्वीर