Gold
Bangad salyan

गायक प्रकाश सपुतको गीत युटुबबाट हट्यो

काठमान्डौ – गायक प्रकाश सपुतले पिर बोलको गीत युटुबबाट हटाएका छन्। चौतर्फी विवादमा परेपछि गीत हटाएर उनले आज रिअपलोड गरेका छन्। नेकपा माओवादीको दश बर्षे सशस्त्र जनयुद्दमा लडेको कथामा उनले पिर नामको गीत बजारमा पठाएक थिए।

उक्त गीतमा जनयुद्द लडेका लडाकु महिलाहरु अहिले आएर यौन पेशामा लागेको भन्ने देखाईएको थियो। त्यसपछि गीत हटाउन माग गर्दै पूर्व लडाकुहरुले चेतावनी दिएका थिए भने दर्शकले भने गीतले यतार्थलाईनै झल्काएको बताएको प्रतिक्रिया दिएका थिए।

एक करोड भिओर पुगेको गीत विवादपछि गायक प्रकाश सपुतले हटाएका हुन्।जनयुद्दका लडाकुले यौन व्यापार गरेको भनेर राखीएको सिन हटाएर उनले गीत अपलोड गरेका छन्।