पल शाह मध्यराति कोठामा जानुको औचित्य पुष्टि गर्न नसक्दा दोषी ठहर
काठमान्डौ – नायक पल शाहले नाबालिका गायिकालाई जवरजस्ती करणी गरेको देखिन आएको भन्दै पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो । अदालतको आदेशमा पल शाह नाबालिकाको कोठामा मध्यराति १२ बजे पुग्नुलाई पश्न उठाउँदै उनी त्यहाँ जानुको औचित्य पुष्टि गर्न नसकेको प्रमाणनै सत्य बनाईएको छ।
निजले मौकामा गरेको बयान हेर्दा राति करिव १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिबादीले स्वीकार गरेको पाइयो ।
एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिबादीले देखाउन सकेको पाइएन’, आदेशमा भनिएको छ,।
यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिबादीको स्वीकारोक्ति सोही राती निजले पीडितलाई जवरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड़न आएको देखियो ।
शाहले पीडितलाई जवरजस्ती करणी गरेको कुरामा पूर्णतः इन्कार गरेपनि अदालतले कोठामा जानुको औचित्यता देखाउन नसक्नुलाई मुख्य कमजोरी ठहर गर्दै दोषी देखाएको छ ।
अदालतको आदेशमा शाहले विवाह गर्ने झुठो आश्वासन दिई पहिले पनि पटक- पटक जवरजस्ती करणी गरेको भन्ने कुरा पीडितले मौकामा व्यक्त गरेको घटना विवरण कागजबाट देखिएको उल्लेख गरिएको छ ।