Gold
Bangad salyan

चुनाव नजिकिदै गर्दा नुवाकोटमा विध्यालय छोडेर शिक्षक काङ्ग्रेसको झन्डा बोकेर कार्यक्रम तिर

चैत १६,काठमान्डौ – नुवाकोट जिल्ला स्थानीयत तहको निर्वाचन नजिकिदै गर्दा धेरैजसो शिक्षकहरू राजिनामा जनप्रतिनिधि हुने तयारीमा लागिपरेका छन भने पछिल्लो समय विद्यालयमा हाजिर गरेर प्रधानाध्यापक नै पार्टीको झण्डा बोकेर गाउँ डुल्नेगरेको पाइएको छ ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सिद्दि गणेश प्रा विकाे प्रधानाध्यापक कमला प्याकुरेल विद्यालयमा हाजिर गरेर एकसातादेखि दिउँसभर नेपाली कांग्रेसको झण्डा बोकेर घरदैलो अभियानमा हिडेँको तथ्य पाइएको छ।

प्रधानाध्यापक प्याकुरेल एक सातादेखि दिनहुँ हाजिर गरे लगत्तै नेपाली कांग्रेसको झण्डा बोकेर भोट माग्न गाउँ डुल्न हिड्ने गरकी छिन ।

स्थानीयहरूले बिरोध गरे पनि राजनीतिक दलको संरक्षणका कारण उनले स्कुलमा काम गर्न छाडेर निरन्तर पार्टीको झण्डा बोकेर हिँडिरहकी छिन ।

प्रधानाध्यापकको शैलीका बारेमा सम्बन्धित निकायमा गुनासो गरेपनि सुनुवाइ नभएको स्थानीयले बताए। उनीहरूले अभिभावकले स्कुलमै भेला बोलाएर प्रधानाध्यापक माथि कारबाहीको तयारी समेत गरेका छन ।

उनीहरूले गाउँपालिकामा यस विषयमा अवगत गराएको भए पनि गाउँपालिकाको नेतृत्वमा नेपाली कांग्रेस नै रहेको कारण कुनै कारबाही नभएको बताए ।

हाजिर गरेर पार्टीको प्रचारमा हिड्ने गरेको तस्बीरहरू प्राप्त गरेपछि प्रधानाध्यापक प्याकुरेलसँग प्रतिक्रिया लिने कोशिश गरे पनि उनको फोन अफ रहेको बताईएको छ।