जब देशमा संकट आईपर्छ जन्ताले माओवादीलाई सम्झिन्छन : प्रचण्ड
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभरि माओवादीप्रतिको आकर्षण बढ्दै गएको बताएका छन।
बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमालाई सम्बोधन गर्दै अध्यक्षले यस्तो बताउदै जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको बताएका हुन । म देशभरि घुमेको छु माओवादी प्रतिको आकर्षण बढेको छ यसो भनेर म कुनै अहंकार गर्दै छैन उनले भने।
यस्तै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले देशमा आउने प्रत्येक समस्यामा संकट मोचनमा भूमिका खेल्दै आएको भए पनि केहिलाई स्वीकार गर्न अफ्ट्यारो पर्ने विचित्र अवस्था रहेको बताए।
देशलाई राजनीतिक अफ्ठेरोबाट बचाउनेमा माओवादी नै भएको अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले अधिकांश जनतामा माओवादीको भुमिकालाई बुझ्ने बुझाईमा वृद्धि भएको पनि बताए ।
साथै अध्यक्ष प्रचण्डले गठबन्धन गरेरै निर्वाचनमा जाने विषयमा कुनै दुविधा नरहेको बताए । उन्ले भने ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो। लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं। निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौं।
दाहालले अगाडि भने ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिब–करिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन।
हामी मिलेर नै जान्छौं। आगामी निर्वाचनलाई शान्तिपूर्ण र स्वच्छ रुपमा होस्। परिणामले राजनीतिक स्थायित्व र एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने छ।
अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अवलम्बन गर्नुपर्नेमा प्रचण्डको जोड थियो । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने समेत उन्ले स्पष्ट पारे।

