Gold
Bangad salyan

स्थानीय चुनावको लागि खटेका म्यादी प्रहरीको मृत्यु

वैशाख १६

काठमान्डौ – वैशाख ३० गते हुने स्थानीय चुनावको लागि खटेका हुम्लाका एक म्यादी प्रहरीको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका,६ घर भई सिमकोटमा बसेका ४४ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

प्रहरीका अनुसार बुधबार मतदान केन्द्रमा सबैलाई खटाइएको र उनि हिजो साथीको डेरामा बस्न गएका थिए। ढोका बन्द गरेर सुतेको र ढोका नखुलेपछि घरबेटीले आज ५ बजेतिर प्रहरीलाई खबर गरेका थिए।

रोकायाको शव भुइँमा मृतक अवस्थामा भेटिएको प्रहरीले जनाएकको छ। घटनाको अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।