कांग्रेसको चेतावनी: बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित
बैशाख १६
काठमान्डौ – नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएको छ।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन निर्देशन दिएका हुन्।
यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसले चेतावनी समेत दिएको छ ।
प्रकाशित विज्ञप्तिमा लेखिएको छ तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ ।


