Gold
Bangad salyan

भरतपुरमा रेणु दाहालका बागी नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिता लिन मानेन

काठमान्डौ – भरतपुर महानगरपाकिलामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिता लिएका छैनन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट रेणु दाहालले उम्मेदवारी दिएपछि त्यसकाविरुद्धमा पौडेलले उम्मेदवारी दिएका थिए।

निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ ५ बजेसम्मको समयमा उनले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन्।कांग्रेसका केन्द्रदेखि जिल्लाका नेताहरुले गरेको आग्रहलाई अस्विकार गर्दै उनले निर्वाचन लड्ने बताए।

पौडेललाई उमेद्वारी फिर्ता गर्न आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री नै चितवन पुगेका थिए। करिब एक घण्टासम्म गृहमन्त्री बालकृष्ण खाणले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि उनले अस्विकार गरेका हुन्।

यो संगै राष्ट्रियसभाका पूर्व सांसद पौडेल पार्टीबाट निष्काशित भएका छन् । कांग्रेसले बागी उमेद्वार फिर्ता नालीए स्वत पार्टीबाट निष्कासित गर्ने निर्णय विज्ञाप्ति निकालेको छ।