दाजु बहिनि अनैतिक प्रेम सम्बन्ध सुजिता हत्या प्रकरणका दोषीले पाए सफाई
चितवन – चितवनको राप्ती नगरपालिका,३ की २३ वर्षीया सुजिता भण्डारीको मृ,त्यु प्रकरणमा पक्राउ परेका सुजिताको ठुलो बुबाको छोरा सचिन भनिने सुकदेव भण्डारीले सफाई पाएका छन्।
न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ हुने फैसला सुनाएको हो। झापाको झापा गाउँपालिका- ६ शरणमति घर भएका २३ वर्षीय सचिन र चितवनकि सुजिता भण्डारी दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको प्रहरी अनुसान्धानमा खुलेको थियो।
दिदीको घर जान्छु भनी हिँडेकी सुजिता भण्डारी काठमाडौं गएर सचिनसंग संगै बस्ने गरेका थिए। दाजु बहिनी लामो समयबाट अनैतिक सम्बन्धमा रहेपछी सुजिताले गत असार ९ गते सचिनलाई बिहे गर्न आग्रह गर्दा उनले अस्विकार गरेका थिए।
असार ११ गते हराएकी सुजिताको असार २० गते राप्ती नगरपालिका वडा नम्बर ३ कै ब्रम्हास्थान सामुदायिक वन स्थित आँपगैरी खोल्सामा शव फेला परेको थियो। गत असार २२ गते सुजिताको आमा अम्बिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या भनी नाम किटान नगरी जाहेरी दिएकोमा पछि नामै किटान गरी आत्महत्या दुरूत्साहन गरेको जाहेरी दिएकी थिइन्।
आत्महत्या दुरूत्साहन मुद्दा लागेका सचिन भण्डारीसँग चितवन अदालतले साउन ३२ गते ५० हजार धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेर उनी कारागार चलान भएका थिए। आफ्नै बहिनि पर्नेसंग विवाह गर्ने नैतिक र सामाजिक संकट देखिएपछि सचिनले अस्विकार गर्दा सुजिताले आत्महत्या गरेको कुरा सचिनले अदालतमा बयान दिएका थिए।
थप
सुजिता भण्डारीको ह,त्या प्रकरणमा एक युवकविरुद्द आत्मह,त्या दुरुत्साहनको जाहेरी
सुजिता मृ,त्यु प्रकरण दाजु बहिनिको यौन सम्बन्ध विवाह गरेर कसैले नदेख्ने ठाँउमा बस्ने थियो योजना

