Gold
Bangad salyan

कांग्रेसको चुनाव प्रचारमा हिँडेका युवकको छतबाट खसेर मृत्यु

वैशाख २४

सल्यान – सल्यानमा कांग्रेसको चुनाव प्रचारमा हिडेका एक जना युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ। कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

कांग्रेसबाट कालीमाटी गाउँपालिका २ को वडाध्यक्षका उम्मेदवार सवार रहेको लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेपछि थापाको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि तुल्सीपुरमा लगेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

गाडी र चालक दाङ जिल्ला बबई गाउँपालिका,२ निवासी खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।