Gold
Bangad salyan

मौन अवधिमा पैसा बाँड्ने भोज भतेर गरे तत्काल कारबाही हुने आयोगको चेतावनी

काठमान्डौ – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ ।

आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्ने ,भोज भतेर गर्ने, पैसा बाँड्ने सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने गरि विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो ।

आज मध्यराति देखि मौन अवधि सुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको हो। आयोगले तुलनात्मक रूपमा संवेदनशी

ल स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। यस्तै, उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्नेगरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार दिएको छ।

मौन अवधिमा आमसभा कार्यशाला गोष्ठी, सम्मलेन, भोजभतेर, पैसा बाँड्ने काम भए/नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार अभिव्यक्ति दिने काम भए अनुगमन गरि तत्काल आवस्यक कारबाही गरि आयोगलाई जानकारी गर्न पौडेलले बताए।