गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गर्यो : ओली
काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् ।
स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका हुन्।
ओलीले गठबन्धनले एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् ।
हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गर्यो ।
मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदान गरी उजुरी आएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिन समेत निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।