Gold
Bangad salyan

मनाङको ङिस्याङ गाउँपालिकामा राप्रपाक उमेद्वारको आफ्नो मात्र १ भोट परिवारले भोट दिएनन

बैशाख ३१ मनाङ – मनाङको ङिस्याङ गाउँपालिकामा राप्रपाक उमेद्वारको आफ्नो मात्र १ भोट परेको छ। उपमेयरमा उठेका राप्रपाका ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका हुन्।

उनलाई आफ्नो परिवारले पनि भोट हालेका छैनन्। गाउँपालिकाको अध्यक्षमा भने नेकपा एमालेका कान्छा घले निर्वाचित भएका छन्।

घलेले ८६१ मत पाएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरूङले ७१३ मत ल्याएकी छन्।उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन।