भरतपुरमा मतगणना सुरु १२ मत गन्दा ४ बदर
बैशाख ३१
चितवन – भरतपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । भरतपुर महानगरपालिका १ बाट मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना हुने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।
भरतपुरकाे सुरुवाती गणनामा १२ मत गन्दा नेकपा एमालेबाट विजय सुवेदीले ५ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले ३ मत प्राप्त गरेकी छिन । त्यस्तै १२ मत गन्दास्समं ४ मत भने बदर भएकाे छ ।
भरतपुर महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । याे महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।जेठ ५ गतेसम्ममा पुरै गणनाको नतिजा आईसक्ने छ।