Gold
Bangad salyan

जाजरकोटको भेरी नगरपालिकामा माओवादी केन्द्रका गगन बहादुर खड्काको अग्रता

जाजरकोट – जाजरकोटको भेरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार गगन बहादुर खड्काले अग्रता लिएका छन्।हाल सम्म गणना भएको मतपरिणाम अनुसार खड्काले ९ सय १५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

यस्तै उनका प्रतिद्वन्दी एमालेका मेयर उम्मेदवार चन्द्र प्रकाश घर्तीले ७ सय ६३ मतका साथ पछ्याइरहेका छन्। नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार चार सय ९० मत ल्याएर तेस्रो स्थानमा छन्।