भरतपुर महानगरपालिकामा रोकीएको मतगणना पून: सुरु
जेठ १
चितवन – भरतपुर महानगरपालिकामा रोकीएको मतगणना पून: सुरु हुने भएको छ। स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए ।
भरतपुर १ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।

