एमाले कै कारण चुनाव हार्नु पर्यो :ओली
काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव हार्नुमा पार्टी भित्रको अन्तर्घात भ एको बताएका छन्। यहि वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको उनले बताए।
बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।
अरु पार्टीका कारण नभई एमालेकै कारण चुनाव हार्नु पर्यो। एमालेले गर्दा नै अन्तर्घात गर्यो कँहा बाट कसरि सिके खै। यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ ओलीले भने। ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं।
भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन।अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो हामीले खोज्नुपर्छ ओलीले बैठकमा भने अर्को कारण राज्यसत्ताको चरम दुरूपयोग भयो। केही ठाउँमा हाम्रा साथीहरूको हत्यासम्म भयो।
लोकतन्त्रको चीरहरण गर्ने काम भयो। त्यसले पनि हाम्रो मतमा प्रभाव पार्यो।’ उनले एक्लाएक्लै आधारमा भने एमाले नै पहिलो पार्टी भएको दाबी गरेका थिए। ‘अहिले पनि हामी पहिलो दल हो। स्थानीय तहमा आएको मत र परिणामलाइऐ हेर्ने हो भने एमाले पहिलो दल हो उनले भने।
वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ ।एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर ,अध्यक्ष जितेको छ।

