Gold
Bangad salyan

गायिका इन्दिरा जोशीले गरिन अफिसियल विहे

काठमाडौं – गायिका इन्दिरा जोशीले अफिसियल विहे गरेकी छिन। उनले प्रेमी शरद केडियासँग विवाह गरेकी हुन् ।परिवार र आफन्तको उपस्थितिमा मंगलबार चितवनको एक पार्टी प्यालेसमा इन्दिरा र शरदले लामो प्रेम सम्बन्धलाई विहेमा परिणत गरेका हुन्।

इन्दिराका पति शरद फेसन डिजाइनर हुन्। शरदले इन्दिरालाई हेलिकोप्टरबाट नाम्चे लगेर विहेको प्रस्ताव गरेका थिए। इन्दिराले सामाजिक सञ्जालमार्फत शरदको प्रस्तावलाई स्वीकार गरेको बताएकी थिइन्।