बारपाक सुलिकोट गाउँपालीकाको निती तथा कार्यक्रम प्रस्तुत यस्ता छन
गोरखा – बारपाक सुलिकोट गाउँपालीकाले आज निती तथा कार्यक्रम प्रस्तुत गरेको छ। पालिकाले २०७९\८० को निमित्त ५५ करोड ५१ लाख ९५ हजारको बजेट प्रस्तुत गरेको हो।
बारपाक सुलिकोट गाउँपालीका भित्रको गौरबको योजनाहरू यस्ता छन।
-बारपाक ढल निकास आयोजना।
-घ्यामेसाल देउराली ताकुकोट सडक।
-ताकुकोट स्वाँरा सौरपानी बारपाक सडक।
-शहीद प्रेम ढकाल स्मृति हस्पिटल।
-शहीद आसकाजी श्रेष्ठ स्मृती।
-रंगशाला
-शहीद दिलबहादुर रम्तेलका स्मृतिपार्क ।
-सबै वडा हरूमा घुम्ती अल्ट्रासाउण्ड उपलब्ध गराई गर्भवती -महिलालाई गाउँ घरमा नै सुविधा उपलब्ध गराउने ।
-मासिक र दिर्घ रोघी लाई निशुल्क रुपमा स्वाथ्य चौकीबाट -औषधी उपलब्ध गराउने ।
-बारपाक सुलिकोट गाउँ पालीका भित्र २४ घन्टानै स्वास्थ्य सेवा प्रदान गरिनेछ।
-गाउँ पालीका आगामी तिन बर्ष भित्र २५ देखि ६५ वर्षका सबै — गाउँपालीका भित्र रहेका सबै महिला हरूको पाठेघर क्यान्सर जाँच गरिने छ।
-बारपाक सुलिकोट गाउँपालीका भित्रका सबै पाँच बर्ष मुनिका बालबालिकाहरु लाई कुपोषण दर सुन्य बनाउने ।
-गाउँ पालीका भित्ररहेका सबै जेष्ठ नागरिक र अपाङ्गता भयको हरूलाई घरदैलोमा टोल टोलमा पुगेर स्वाथ्य सेवा प्रदान गरिने र निशुल्क औषधी उपलब्ध गराउने ।
-युवा उधम बिकास कार्यक्रम संचालन गरी एक टोल एक युवा उधम समुह निर्माण गरी लगानी गर्ने।
-वडा पालीका स्तरिय खेलकुद प्रतियोगिता कार्यक्रम गर्ने ।
एक वडा एक खेलकुद मैदान बनाउने लगायतका जनमुखी योजना सार्वजनिक गरियको छ ।
बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्टको यो दोस्रो कार्यकाल हो ।पहिलो कार्यकालयमा गोरखा जिल्ला भरिको नमुना गाउँपालीका बनाउन सफल हुनुभएको बारपाक सुलिकोट अध्यक्ष बिष्णु भट्ट अहिले सबै गोरखा जिल्लाको ध्यान बारपाक सुलिकोट मा केन्द्रीत भयको छ ।
उपाध्यक्ष सनमाय गुरुङ को संयोजकत्वमा एक जना वैकल्पिक सदस्य रहनेगरी चार सदस्य न्यायिक समिति गठन गरिएको छ।

