Gold
Bangad salyan

लोक तथा दोहोरी गायिका दिलमाया सुनारको मृत्यु संकास्पद एक जना पक्राउ

साउन ११

काठमान्डौ – लोक तथा दोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छिन ।उनी आज बिहान आफ्नै कोठामा खाटमा पल्टीएको अवस्थमा मृत फेला परेकी थिईन।

उनको घाटीमा भने निलडान र खुट्टामा चोट देखीएको प्रहरी अनुसंधानले देखाएको छ ।प्रहरि अनुसन्धान र पोस्ट माटम रिपोर्ट पश्चात सत्य तथ्य बाहिर आउने सबैले अपेक्षा गरेका छन।
मृतक दिलमाया सुनार खाटमा पल्टिएको अवस्थामा भेटिनु , घाँटिमा निल डाम हुनु तर डोरि नभेटिनुले उनको मृत्यु संकास्पद देखीएको थियो।

उनको समाजिक संजालमा फेसबुकबाट यौटा स्टाटस लेखीएको छ तर उनको साथमा भने मोबाईल नभएको प्रहरीको भनाई छ।

त्यस्तै उनको कोठामा मासु भात पाकेको तर नखाएको अवस्थामा फेला परेको छ। बोतलमा रक्सी भेटीएको छ भने गिलासमा रक्सी खाएको अवस्थामा फेला परेको प्रहरीको अनुसंधान देखीएको छ।

करिब राति ११ /१२ बजे सम्म झगडाको आवाज आएको उक्त घरमा बस्ने अन्य ब्यक्तिले जानकारी गरेका छन। विहान कोठामा कोहि पनि नभेटेएको र ढोका खुल्ला अवस्थामा रहेको फेला परेको थियो।

मृत्युु संकास्पद देखीएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ गरिएको व्यक्तिको नामभने खुलाईएको छैन ।

मृतक दिलमाया सुनारको जन्म घर सुर्खेतको मालारानी रहेको र अहिले भने नेपालगन्ज बाकेमा परिवारहरु रहेको खुलेको छ। उनको एक छोरा छन।

मृतक सुनार काठमान्डौको माछापोखरी बाईबास नजिक टोखामा बस्ने गरेकी थिइन। उनको शव अहिले त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमाको लागि राखीएको छ।

पछिल्लो् समय सुनारको नाम दोहोरी क्षेत्रमा निकै चर्चामा रहेको थियो । उन्का थुप्रै गित बजारमा सार्वजनिक भयका छन।