Gold
Bangad salyan

एमाले सडेको अन्डाजस्तै गन्धा र भ्रष्टाचारि : प्रचण्ड

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिग्रेका कम्युनिष्टहरू सडेको अन्डाजस्तै गन्धा हुने टिप्पणी गरेका छन्।

लितपुरमा आज आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै प्रचण्डले नेपालका सबै कम्युनिष्टलाई मिलाउन खोजे पनि सफल नभएको बताए। कम्युनिष्टहरू राम्रा र धैर्यपूर्वक विश्लेषण गर्न सक्ने पनि हुन्छन तर विग्रेपछि भने सडेको अन्डाजस्तो गन्धा हुने प्रचण्डको भनाइ थियो।

अण्डा धेरै फाइदाजनक चिज हो। सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन। अध्यक्ष प्रचण्डले उक्त कार्यक्रममा सहभागी रहेका एमालेका महासचिव शंकर पोखरेलले उठाएका प्रश्नप्रति पनि जवाफ दिएका थिए।

एसपिपी ओली सरकारले ल्याएको हो यसको जिम्मा उनैले लिनुपर्छ,’ उनले भने, ‘एसपिपी केपी ओलीका पालामा आएको प्रमाण पेश गर्न एमालेका एक नेताले संसदमा चुनौती दिएका थिए। उनले चुनौती दिएको चार घन्टाभित्रै प्रमाण आएको थियो।

प्रचण्डले कम्युनिष्टहरू विग्रेपछि क्रान्ति बरबाद हुने पनि बताए। उनले एमाले महासचिव पोखरेललाई लक्षित गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भ्रष्टाचार बढेको बताएका थिए।

प्रचण्डले भने, शंकर पोखरेलजीलाई सुनाउन मन थियो- कति धेरै भ्रष्टाचार भयो तपाईंहरूका पालामा? शोधनान्तर घाटाको प्रणेता केपी ओली र युवराज खतिवडा हुन् ।