Gold
Bangad salyan

बुहारी बलात्कार गर्ने जेठाजु पक्राउ

असार १८ गुल्मी – बुहारी बलात्कारगर्ने जेठाजु पक्राउ परेका छन्। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर,६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए ।

आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।