प्रचण्डको लागि लडेका पूर्वजनमुक्ति सेनाका एक कमाण्डरको उपचार नपाएर मृत्यु
असार १९
काठमान्डौ – पूर्वजनमुक्ति सेनाका एक कमाण्डरको उपचार नपाएर काठमान्डैको सडकमा ज्यान गएको छ।
जनयुद्धमा घाईते भै उपचार नपाएका कालिकोटको तिलागुफा गाउँपालिका स्थायी घर भएका नमराज न्यौपाने ‘सेवक’ को काठमाडौंमा सडकपेटीमै ज्यान गएको छ।
जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा थिए । अनम्नले अयोग्य घोषणा गरेको उनको लामो समयसम्म उपचार नपाएर घाउहरु बल्झिएका थिए ।
सरकार र माओवादी पार्टीले उपचारमा कुनै वास्ता नगरेपछि सेवक परिवारको पहलमा काठमाडौं आएका थिए । तर, उपचारमा लाग्ने खर्चको जोहो हुन नसक्दा पेटीमा बसेको बेला ज्यान गएको बताइएको छ ।
माओवादी जनयुद्धमा लडेका हजारौ लडाकु अहिले पनि उपचार नपाएर घाईते अवस्थामा छन।
उनीहरुको उपचारको लागि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले हाल सम्म कुनै पहलसमेत गरेका छैनन । प्रचण्डको परिवारवादले नेकपा माओवादी केन्द्र अलग समेत भैइसकेको छ।

