एमालेले घनश्यान भुसाललाई पनि टिकट दिएन

असोज २२

काठमान्डौ – नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएको छैन । एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पनि टिकट दिएको छैन।

एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै उम्मेदवारको टिकट दिएका छन् ।

जसमा घनश्याम भुसालको नाम छैन । एमाले स्रोतका अनुसार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये १ मा छविलाल विकले पाएका छन् भने प्रदेशतर्फ क मा तालमेल र ख मा दधिराम न्यौपानेले टिकट पाएका छन् ।

यसैगरि २ मा विष्णु पौडेलले टिकट पाउँदा प्रदेशतर्फ क मा लीला गिरी र खमा भोजप्रसाद श्रेष्ठले पाएका छन् ।

त्यसैगरी एमालेले रुपन्देही ३ मा तालमेल गर्ने भएको छ । प्रदेश क मा पनि तालमेल गर्ने एमालेले ख मा तुलसीप्रसादलाई टिकट दिएको छ ।

त्यसै गरी ४ नम्बर क्षेत्रमा पनि एमालेले प्रतिनिधि सभामा तालमेल गर्ने भएको हो । ४ को क मा हजरत अली र खमा तालमेल गर्ने भएको छ ।

त्यसै गरी ५ नम्बर निर्वाचन क्षेत्रमा पनि एमालेले तालमेल गर्ने भएको छ । ५ नम्बरको प्रदेश क मा भूमिस्वर ढकाल भने ख मा पनि तालमेल गर्ने भएको छ । लुम्बिनीका २६ क्षेत्रमध्ये १९ मा एमालेले राखेर बाँकी ७ मा अन्य पार्टीसँग तालमेल गर्ने भएको छ ।
यस्तै एमालेले काठमाडौँमा उम्मेदवार तोकेको छ ।
काठमाडौँ-१ मा किरण पौडेल,
काठमाण्डौँ- २ मणिराम फुयाल,
काठमाण्डौँ-३ मा कृष्ण राई,
काठमाण्डौँ- ४ मा राजन भट्टराई,
काठमाडौँ-५ मा ईश्वर पोखरेल,
काठमाण्डौँ-६ मा सर्वेन्द्र खनाल,
काठमाडौँ-८ मा अष्टलक्ष्मी शाक्य,
काठमाडौँ-९ मा कृष्णगोपाल श्रेष्ठ,
काठमाण्डौँ-७ र १० मा उम्मेदवार टुंगिन बाँकी छ।
काठमाण्डौँ- १० मा रामबहादुर थापा बादललाई टिकट दिने संभावना रहेको श्रोतको दाबी छ ।