अन्तत गगन थापाको उमेद्वारी काठमाडौं ४ बाट
असोज २३
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं,४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । थापा २०७० र २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित थिए ।
यो पटक सर्लाहीबाट उमेद्वारी दिने चर्चा चलेपनि थापाले काठमाडौं ४ बाट आज उमेद्वारी दर्ता गराएकका हुन्। सोहि क्षेत्रबाट नेकपा एमालेबाट फेरि पनि नेता राजन भट्टराईले उम्मेदवारी दिएका छन् ।
२०७४ को निर्वाचनमा थापाले २१ हजार ५५८ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यसबेला उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता भट्टराईले १८ हजार १४० मत पाएका थिए।

