Gold
Bangad salyan

अभिनेत्री प्रियंका कार्कीको घरमा धन माल चोरी

काठमान्डौ – अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो ।

चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ ५ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न गरगहना चोरी गरेको पाईएको छ।

बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए ।

चोरीको बिषय अनुसन्धान सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी सुधीरराज शाहीले बताए ।