Gold
Bangad salyan

प्रधानमन्त्री देउवाले ओलीलाई भने भाषण गरेर जमिन फिर्ता हुदैन

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेतालाई दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताएका छन् ।

गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी ओली जी दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ? भनेर प्रश्न गरेका छन् ।

उनले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे । बोलेर मात्रै समस्या समाधान नहुने भन्दै उनले भूमि फिर्ता ल्याउन भारतसँग कुरा गर्ने बताए।

हिजो दार्चुलाको खलंगामा भएको चुनावी सभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको एक इन्च जमिन कसैलाई नछाड्ने बताका थिए ।