रक्सी खाएर बाबुले लगाईदिए छोराको घरमा आगो
कार्तिक २२
हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका,८ निगुराङमा मदिरा सेवन गरी आफैंले आगो लगाउँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
विशाल चेपाङको खरले छाएको एकतले कच्ची घरमा बुवा कृष्णबहादुर प्रजाले मदिरा सेवन गरी मंगलबार साँझ आगो लगाएका थिए ।
आगलागीबाट घरमा रहेको अन्नपात र लत्ताकपडा समेत जलेर पूर्ण नष्ट भएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।

