सोचे जस्तो परिणाम नआएपछि गठबन्धनमा तत्काल छलफल : प्रचण्ड
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावको परिणामबारे तत्काल गठबन्धनमा छलफल गर्ने बताएका छन।
गोरखा क्षेत्र न २ मा चुनाव पछि मततदातालाई सुभकामना दिदै प्रचण्डले सोचे जस्तो मत परिणाम आउन नसकेको बताए।
‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ, तर हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ।
नसोचेका केही कुरा भए, त्यसैले यहाँ सकेर तुरुन्त काठमाण्डौ जानु पर्ने भएको छ प्रचण्डले भने ‘गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ,। अपेक्षा गरेको जस्तो भएन, गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।
हामीले मिलेर चुनावमा जाने भनेर गठबन्धन गरेको हो तर ठिक विपरीत भएको देखियो । यसको तत्काल समिक्षा हुने समेत अध्यक्ष प्रचण्डले बताए ।
प्रचण्डले ७५ वर्ष लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्ने बताए । अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु,।
यसअघि दुर्घटनामा जाने अवस्थामा पुगिसकेको थियो, हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ, अब पनि त्यस्तै पहल आवश्यक देखियो प्रचण्डले भने ।मंसिर ९

