Gold

बैंकका कर्मचारी किबोर्डमा निदाउदा ठूलो रकम अन्तै ट्रान्सफर

Naumule Migrate

काठमाडौं – बैंकका कर्मचारी ​निन्द्रा नपुगेकै कारण काम गर्दा गर्दै किबोर्डमा निदाएपछी गल्तीले ठूलो रकम अन्तै ट्रान्सफर भएको छ।
सन् २०१३ मा जर्मनीमा घटेको यो ठूलो घटना हो । जर्मन बैंकका एक कर्मचारी काम गर्दा गर्दै कम्प्युटरको कीबोर्डमा निदाएछन। त्यसपछि उनको टाउकोले कीबोर्डको अङ्क दबेर बैंकबाट २२२ करोड २२ लाख बढी युरो ट्रान्सफर भयो ।

बैंकले एक अवकाश प्राप्त व्यक्तिलाई ६२.४० युरो (करिब आठ हजार ६३८ रुपैयाँ) ट्रान्सफर गर्नुपर्ने थियो । तर, बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा उनको टाउकोले अङ्क २ यति धेरै पटक टाइप भयो कि, ६२ युरो पठाउनुपर्नेमा २२ करोड २२ लाख २२ हजार २२२ युरो २२ सेन्ट ट्रान्सफल भयाे । जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा ३० अर्ब ६६ करोड बढी रुपैयाँ हुन आउँछ ।

त्यसलगतै बैंकले उक्त गल्ती पत्ता लगाई पैसा ट्रान्सफर गर्ने कर्मचारीलाई बर्खास्तमा गरेको थियो। उक्त मुद्दा अदालतमा पुगेपछि अदालतले कर्मचारीलाई पुनः काममा बहाल गर्न आदेश दिएको थियो ।एजेन्सी मंसिर २६

Naumule Badhipahiro