देश भर चिसो बढ्यो सिरक कम्बल ओढ्न र टोपी लगाउन सरकारको आग्रह

काठमाडौ – देशभर अत्यधिक चिसो बढेपछि सबैले न्यानो कपडा र बाक्लो कपडा लगाउन सरकारले आग्रह गरेको छ।

चिसो बढेसंगै बिरामीहरु पनि बढेपछि सरकारले सबैमा यस्तो आग्रह गरेको हो ।

चिसोले वृद्ध ,दीर्घ रोघि ,सुत्केरी महिलालाई धेरै असर गर्ने हुँदा सुत्दा तातो सिरक कम्बल ओढ्ने टाउकोमा टोपी लगाउने तातो झोल खानेकुरा नियमित खानुपर्ने मन्त्रालयले जनाएको हो।

जाडोमा घर भित्र हिटर गिजर कोइला जस्ता चिज प्रयोग गर्दा झ्याल ढोकामा हावा पास हुनु पर्दछ अन्यथा यस्ता चिज प्रयोग गर्दा मान्छेको ज्यान समेत जान सक्ने नेपाल सरकारले आग्रह गरेको छ ।

यस्तै देश भर चिसो बढेपछि तराईमा हुस्सु लाग्न सुरु गरेको छ । चिसोले हुस्सु लागेपछि हिजो त्रिभुवन विमानस्थलबाट हुने उडान समेत प्रभावित भएको विमानस्थल कार्यलयले जनाएको छ । पुष १