Gold
Bangad salyan

बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी ३४ तोला सुन र ८ लाख सहित पक्राउ

पुष ११

काठमाण्डाै – इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी ३४ तोला २१ लालको सुन र ८ लाख ५० हजार सहित पक्राउ परेका छ्न।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अवैध गतिविधि सुन प्रकरणमा संलग्न रहेको आरोपमा डीएसपी ठगबहादुर केसीलाई पक्राउ गरेको हो।

ब्युरोलाई प्राप्त सूचनाका आधारमा गए राति काठमाण्डाैबाट खटिएको टोलीले बुटबलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरमा रहेकाे महाराजा रिसोर्टको क्याबिनमा नौ लाख ५० हजार रुपैयाँ रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

त्यसपछि उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र इप्रका बुटबलका डीएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि डीएसपी केसीको निवास लक्ष्मीनगरमा पुगेर उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

केसीकाे घरमा खानतलासी गर्दा ८ लाख ५० हजार रुपैयाँ नगद फेला पारी बरामद गरिएको पनि उनले बताए । बरामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी र खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित गराइएकाे पनि उनले बताए । प्रहरीका अनुसार उनले व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि पैसा लिएको आरोप समेत छ।