Gold
Bangad salyan

सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउने भन्ने हुँदैन

जेठ १३

काठमान्डौ – नेपाली कांग्रेसको संस्थापनइतर पक्ष सम्पर्क कार्यालय स्थापना गर्ने तयारीमा जुटेको छ । त्यसका लागि सो समूहले छलफल अघि बढाएको छ ।

पार्टी फुटाउन खोजेको हल्ला समाचार बाहिरीएपछी पुर्ण बहादुर खड्का प्यानल शशी कुमार केसीले सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउने भन्ने नभई पार्टी अगाडि बढाउन सहज होस भनेर सम्पर्क कार्यालय खोल्न लागेको बताए।

नेता कृष्णप्रसाद सिटौलाले सम्पर्क कार्यालय स्थापनाका लागि छलफल भइरहेको बताए । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले सुर्खेतमा छन् । उनी आएपछि आफूहरू अघि बढ्ने सिटौलाले बताए । “पूर्णबहादुरजी सुर्खेतमा हुनुहुन्छ । कहिले फर्कनुहुन्छ अनि हामी अगाडि बढ्छौँ,” उनले भने ।

पार्टी एक होस् भन्ने आफूहरूको चाहना रहेको महतको भनाइ छ । पार्टीको १५औँ महाधिवेशन निष्पक्ष ढंगबाट गर्न साझा सहमति र संयन्त्र चाहिन्छ भन्ने आफूहरूको मुख्य कुरा रहेको उनको भनाइ छ । “त्यो भएन भने अधिवेशन नै एकतर्फी हुन्छ अनि त्यसले त पार्टीलाई झन् कमजोर बनाएर लैजान्छ महतले भने ।