निर्मला पन्तको बलात्कार हत्या प्रकरण दुई भारतिय पक्राउ
काठमान्डौ – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान प्रहरीले दुई भारतीय किशोरलाई पक्राउ गरेको छ।
उनीहरूलाई पक्राउ गरि प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको दिन दुवै किशोर घटनास्थल आसपास देखिएका थिए ।
घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ ।
अनुसन्धानको घेरालाई साँघुरो बनाउने क्रममा ती युवकलाई पहिलेदेखि नै निगरानीमा राखेका थियौँ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने,‘अहिले नियन्त्रणमा लिन सफल भएका हौँ ।
२०७५ साउन १० मा निर्मलाको हत्या भएको थियो । पोस्टमार्टममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । साथीको घरबाट फर्कंदै गर्दा उनको हत्या भएको थियो ।
घटनाको तीन सातापछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेकोमा उनको डिएनए नमिलेपछि प्रहरी अनुसन्धान विवादित बनेको थियो । त्यसयता अनेक अनुसन्धान समिति बनेपनि घटनामा संलग्न व्याक्तीको अझै पत्ता लाग्न सकेको छैन ।
राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको विज्ञ समितिले डिएनएको नमुना संकलनमै त्रुटि भएकाले डिएनए परीक्षणबाट अभियुक्त पत्ता लगाउन कठिन हुने औँल्याएको थियो । यद्यपि, प्रहरीले भने अहिलेसम्म शंकास्पदको डिएनए परीक्षण गराउँदै आएको छ । पुष २३