Gold
Bangad salyan

आज देखि देशभरमा एसईई परिक्षा सुरु जापानमा १४ जनाले परिक्षा दिदै

काठमान्डौ – आज देखि देशभरमा झन्डै ५ लाख विध्यार्थीले माध्यामिक तह एसईई परिक्षा दिन लागेका छन। परिक्षा नियन्त्रण कार्यलय सानो ठिमी भक्तपुरका अनुसार देश भर २ सय ३७ वटा परिक्षा केन्द्र छन ।

परिक्षा बिहान ८ बजे देखि सुरु हुने छ भने आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी बिषयको परिक्षा हुने छ। त्यस्तै दृस्टीविहिन विध्यार्थीलाई सम्बन्धित विध्यालयबाटै जांच दिए व्यवस्था मिलाईएको छ।

यस्तै परिक्षा नियन्त्रण कार्यलयले पहिलो पटक जापानमा रहेका १४ जना विध्यार्थीले परिक्षा दिने व्यवस्था मिलाईएको छ।

जापानमा रहेका १० छात्र र ४ जना छात्रालाई आज नेपालबाट प्रश्न पेपर पठाउने तयारी गरेको परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ।चैत १७