म माथी लगाईएको आरोप झुठा हो : टोपबहादुर रायमाझी
काठमाडौं – नेकपा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको बताएका छन।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अनुसन्धान गर्न प्रहरीको निवेदनमा जिल्ला अदालत काठमाडौंले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।
पक्राउ पुर्जी जारी भएपछि गृहजिल्ला अर्घाखाँचीमा रहेका टोपबहादुर रायमाझीले संचारकर्मीसंग कुरा गर्दै काठमाडौ पुगेर यसको सत्य तथ्य बताउने पनि बताए ।
उनले भने यो हाम्रो यसमा कुनै संलग्नता छैन र रहने पनि छैन यो हामी माथि लगाईएको कुरा झुठो हो । कहाँबाट कसले के गरेको हो, त्यो थाहा पनि छैन । म बुझ्दै छु उनले भने ।
यसको छानबिन राम्ररी होस् । सत्यतथ्य राम्ररी आओस् । गैरभुटानी शरणार्थीलाई विदेश पठाउने नाममा मेरो न हिजो सर्मथन थियो, न अहिले र भोलि रहन्छ उनले भने ।बैशाख २०