एमाले नेता रायमाझीलाई प्रहरी स्कर्टिङमा काठमाडौँ ल्याईदै

काठमान्डौ – पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरी स्कर्टिङमा काठमाडौँ ल्याईदैछ । बुधबार पक्राउ पुर्जी जारी भएपछि बिहीबार बिहान भैरहवा प्रहरीको स्कर्टिङमा काठमाडौँ आउँदै गरेको प्रहरी प्रधान कार्यालयक एक उच्च अधिकारीले बताए ।

प्रहरीको सहयोगमा रायमाझी गाडीबाटै काठमाडौँ आउने र जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्तिथि हुने ती उच्च व्याक्तीले बताएका हुन।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको उनीमाथि आरोप छ ।
बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए ।

पक्राउ पुर्जी जारी भएको जानकारीसँगै उनले काठमाडौँ आउने प्लेनको टिकट रद्ध गरेका थिए ।
रुपन्देहीका एसपी तथा प्रहरी प्रमुख भीमबहादुर विकका अनुसार रायमाझी पक्राउ परेका छैनन् ।

सांसद भएकाले उनलाई पक्राउ गर्न गाह्रो भएको ती प्रहरीको भनाइ छ । संसद्‌ चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने ती प्रहरीले बताए । तर संसद्‌ अधिवेशन चालु नरहेको हुँदा उनलाई पक्राउ गर्न कानुनले बाधा गर्ने थिएन् ।

संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन’ संविधानको धारा १०३ को उपधारा ६ मा लेखिएको छ ‘ ।

तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ । बैशाख २१