टोप बहादुर रायमाझी मुग्लान पसेको प्रहरीको अनुमान खोजी तीव्र
काठमान्डौ – पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सिमाना पार गरेर भारतमा लुक्न पुगेको प्रहरी अनुसंधानले बताएको छ।
गत बुधबार पक्राउ पुर्जी जारी भएपछि उनी गृह जिल्ला अर्घाखाँचीको एक कार्यक्रममा थिए । आफू लाई पक्राउ पुर्जी जारी भएपछि उनी काठमाडौ आउने बताएपनि उनी फरार छन।
भैरहवाबाट काठमान्डौको लागि जहाज टिकेट काटेका उनले टिकेट रद्दा गरेर कहाँ पुगे भन्ने समेत अत्तो पत्तो छैन । उनलाई पक्राउ गर्न भने प्रहरी टोलि लागि परेको छ । एक प्रहरी अधिकृतका अनुसार टोप बहादुर नेपालम नभै भारतमा लुकेको हुन सक्ने अनुमान छ।
नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउको तयारी छ।
उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन । त्यस्तै सोही प्रकरणमा आज मात्र नेपाली काङ्ग्रेसका नेता पुर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ परेका छन। नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा हाल सम्म प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। बैशाख २७