राष्ट्रपति पौडेलको मुटुमा समस्या एन्जिओग्राम गरियो
काठमान्डौ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ। बिहान ११ बजे उनलाई असहज भएपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो।
अस्पताल श्रोतका अनुसार राष्ट्रपति पौडेललाई एन्जिओग्राम गरिएको छ। मुटुको अवस्था हेर्नको लागि एन्जिओग्राम गरिएको हो।
एक/डेढ महिनाअघि नै स्वास्थ्य परीक्षण गर्ने तयारी भए पनि उपचारको लागि भारत गएकोले आज एन्जिओग्राम गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरन्जीवी अधिकारीले बताए।
उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।
अहिले उनको अवस्था सामान्य रहेको र भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ। जेठ ३० फाइल तस्वीर

