सुर्खेतका फरार बलात्कार आरोपित काठमान्डौबाट पक्राउ
साउन १०
काठमाडौँ – बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका मोहन भण्डारी छन् ।
उनीविरुद्ध सुर्खेत जिल्ला अदालतबाट २०७९ माघमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।
घटना भएको मितिदेखि नै आरोपित फरार थिए ।
उनलाई बानेश्वरमा लुकेर बसेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।