Gold
Bangad salyan

भूकम्प प्रभावित क्षेत्रमा गएर घाईतेहरूको उद्दार र राहतमा जुट्न वाईसिल नेपालको निर्देशन

असोज १६

काठमाडौं – वाईसिल नेपाल केन्द्रीय प्रचार प्रसार बिभागले बझाङमा गएको भूकम्प प्रभावित क्षेत्रमा गएर घाईते हरूको उद्दार र राहतमा जुट्न निर्देशन दिएको छ ।

वाईसिल नेपालले केन्द्रीय सदस्य, प्रदेश समिति र जिल्ला समितिका नेता कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुगेर पीडितको उद्दार र राहतमा जुट्न निर्देशन दिएको हो।

वाईसिल नेपालले , बाजुरा, अछाम डोटी ,अछाम ,कैलाली लगायत भूकम्प क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहतको प्याकेज घोषणा गर्न सरसकारसँग माग समेत गरेको छ।

भूकम्पबाट हाल सम्म १३ जना घाइते भएको विवरण आएको छ भने क्षति विवरण आउन बाकि छ।

राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४।१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४।३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।