दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौँ – दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्धयक्ष विजय स्वारले बताए ।

अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने भएको हुँदा स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै विभागका महानिर्देशक उद्धव रिजालले टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने बताए। कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गरिने उनले बताए ।

यश अघिनै दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक मन्त्रालयले जनाएको छ । असोज १९