इजरायलमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउने तयारी
काठमाडौं — इजरायलमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव नेपाली ल्याउने तयारी भैइरहेको छ।
मृत्यु भएका नेपालीहरुको शव ल्याउन नेपाल सरकार परराष्ट्रमन्त्रालयले इजरायल सरकार र दुतावाससंग समन्वय गर्दै छ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कैलाली ४ घोडाघोडीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।
त्यसैगरि सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।
गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् । असोज २२