बेइजिङ पुगेका गृहमन्त्री अस्वस्थ भएपछि अस्पताल भर्ना अवस्था सामन्य

बेइजिङ – अचानक अस्वस्थ भएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार मध्यराति अस्पताल भर्ना गरिएको छ।

बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सरिक हुन आएका श्रेष्ठलाई एक्कासि छातीमा समस्या आएपछि राति १ बजेतिर बेइजिङस्थित अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई बीआरएफमा सहभागी हुने अतिथिहरूका लागि निश्चित गरिएको ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस नामक एउटा अस्पतालमा भर्ना गरिएको छ । यो अस्पताल ग्रेट हल अफ द पिपुल्स नजीकै थ्यानआनमन आसपासमा रहेको छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार श्रेष्ठको मुटुमा रक्तप्रवाह रोकिएपछि हाल स्टेन हालिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई अब दुई-तीन दिन अस्पतालमा राखिने र त्यसपछि आईसीयूबाट भीआईपी कक्षमा सारिने जनाइएको छ ।

उनको अवस्था अहिले स्थिर रहेको बेइजिङस्थित नेपाल दूतावासका राजदूत विष्णुपुकार श्रेष्ठले बताए । फाइल तस्वीर  कार्तिक २