रुकुम चौरजहारी पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने
कार्तिक ३
रुकुम – रुकुम पश्चिमको चौरजहारीमा तेस्रो बृहत चौरजहारी पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव संचालन गरिने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन मार्फत कात्तिक १३ देखि २५ गते सम्म महोत्सव संचालन गर्न लागिएको आयोजक टिमले जनाएको छ ।
महोत्सवको आयोजना सहिद स्मृति कला साँस्कृतिक केन्द्र चौरजहारीले गर्ने छ।
महोत्सव आयोजक समितिका संयोजक एल बि कटुवाल र रेशम केसिका अनुसार चौरजहारीको कृषि, पर्यटन तथा कला-संस्कृतिको प्रचार प्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको समेत जनाइएको छ।
महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार इन्द्रेणी समूह को टिम र स्थानीय कलाकारको बिजोड प्रस्तुति रहने छ ।
साथै चौरजाहारी नगरपालिका का १४ वटै वडाका साँस्कृतिक झाँकी सहितका प्रस्तुति समेत महोत्सवमा प्रस्तुत गरिने भएको हो।
महोत्सवमा झन्डै १ सय २० वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सव सकिएपछि भने आयोजकले चौरजहारीमा खानेपानी र शौचालय निर्माण गर्ने बताएको छ।