भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ४३ पुग्यो

काठमाडौं – गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय ४३ जना पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८ जनाको ज्यान गएको हो ।

भूकम्पका कारण एक सय ६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाडौं ल्याइएको छ । अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।

गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।कार्तिक १८