सरकारको राहत थन्कियो पिडित रातभर चिसोमा भोकै
काठमाण्डाै – भूकम्प प्रभावितहरुलाई हाल सम्म राहतको व्यवस्था हुन नसक्दा चिसोको मारमा पर्न थालेका छन् ।
गत शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरि १५७ जनाको मृत्युु भएको छ ।
भूकम्पबाट दुईसय भन्दा बढी घाइते भएका छन भने हजारौं घरहरु क्षत बिक्षत बनेका छन। शुक्रवार रातिदेखि नै प्रभावितहरु घर बाहिर छन् ।
केहीले टेन्ट, त्रिपाल पाए पनि धेरैजसोले नपाएको गुनासो गरेका छन् । यस्तै, ओढ्ने ओछ्यान नहुँदा चिसो भुइँमा पीडितहरुले रात कटाइरहेका छन् ।
चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् । भूकम्प पीडितहरु राहतको पर्खाइमा छन् । खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू मर्कामा परेका छन् । चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ ।
भूकम्प पीडितहरूका लागि भनेर विभिन्न संघसंस्थाले जाजरकोटमा राहत पुर्याएका छन् । तर, वितरणमा ढिलाइ भएको छ । पीडित समक्ष छिटोभन्दा छिटो राहत पुर्याउन लागि परेको स्थानीय सरकारले जनाएका छन् ।
सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले पीडितलाई तिन दिनभित्र राहत पुर्याउन निर्देशन दिएको छ । यस्तै, भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारबाट दुई–दुई लाख रुपैयाँ तत्काल दिने तयारी भएको छ ।कार्तिक २०