राष्ट्रपति पौडेल भूकम्प क्षतीग्रस्त जाजरकोट रुकुम जाने
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जादै छन।
उनि आज बिहान साढे ९ बजे काठमाण्डौबाट विमानमार्फत सुर्खेत जाने र सुर्खेतबाट हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुग्ने तयारी छ ।
राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई भेटेर उनीहरुको अवस्था बुझ्ने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
यस्तै, राहत वितरण कसरी भइरहेको छ भन्नेबारे पनि उहाँले जनप्रतिनिधिहरुसँग छलफल गर्ने बताएईएको छ। गत शुक्रबार राति गएको भूकम्पले जनधनको क्षति गरेपछि राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए । कार्तिक २१